नेप्से परिसूचक १७.७० अंकले बढ्यो

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ अङ्कले बढेर ३५८.०३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४३ लाख ०८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ५ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै जीवन विकास लघुवित्त र नबिल बैंकको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये माइक्रोफाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा मायाखोला हाइड्रोपावर र एशियन हाइड्रो पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
Facebook Comment