अमेरिकी डलरसँगै युरोको पनि घट्याे भाउ

डिसी नेपाल
१४ चैत २०७९ ८:२२

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ।

अघिल्लो दिन सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २८ पैसा कायम गरिएको थियो। आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

सोमबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो। सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ।

यसैगरी कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा काराेबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *