नेप्से परिसूचक १२.१० अंकले बढ्यो, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आइएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये तीन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र सिर्जनसिल लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, तेह्रथुम पावर र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment