मिटरब्याजलाई मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं। मन्त्रिपरिषद्ले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ।
मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले कानुन संशोधनको प्रक्रिया पूरा गर्न विधेयक समितिमा पठाउने निर्णय भएको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए।
उनका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ।
सरकारले आजै मिटरब्याज पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको थियो। वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गरेका थिए।
पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए।







डिसी नेपाल







Facebook Comment