थ्री नेसन्स कपः पहिलो हाफमा नेपालविरुद्ध भुटानको १-० को अग्रता

डिसी नेपाल
१४ चैत २०७९ १९:०५
868
Shares

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा अहिले नेपाललाई भुटानले पहिलो हाफमा एक शून्यले अग्रता लिएको छ।

दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको हो। खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका हुन्।

पहिलो हाफमा केही प्रयास गरे पनि नेपालले भुटानविरुद्ध गोल गर्न सकेन। नेपाल भुटानलाई हराउँदै फाइनलमा स्थान बलाउने लक्ष्यमा छ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो।

नेपाललाई फाइनलमा पुग्न भुटानसँग बराबरी पर्याप्त छ। भुटानलाई भने हराउनै पर्ने बाध्यता छ। यो दुई टोलीबीचको १३ औं खेल हो। १२ खेलमा नेपालले सबै खेल जितेको अवस्था छ।

अहिले नेपाल र लाओसले तीन तीन अङ्क बनाएका छन्। भुटान अहिलेसम्म अङ्कविहीन छ। सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोलीबीच चैत १७ गते फाइनल खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.