अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको थियो।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ३५ पैसामा कारोबार भइरहेको छ।
जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०२ पैसा र विक्रीमा १० रुपैयाँ ०७ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ८१ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment