२३ चैतदेखि रावा इनर्जी डेभलपमेन्टको आईपीओ आउँदै, कहाँ जाने भर्न ?

डिसी नेपाल
१५ चैत २०७९ ९:४२
156
Shares

काठमाडौँ। रावा इनर्जी डेभलपमेन्टको आईपीओ चैत २३ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने २ लाख ८० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा उक्त सेयर जारी गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्ने आईपीओ खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने छन्। अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २ हजार ८०० कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

यस आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले २०८० वैशाख ७ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा स्थानीयले वैशाख २२ गतेसम्म आवेदन दिन पाउने छन्।

स्थानीयले आयोजनास्थल, सेन्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। उनीहरुले प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *