सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१५ चैत २०७९ १०:५९
5.5k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *