महुली लघुवित्तको लाभांश परिमार्जन, अब कति ?

डिसी नेपाल
१५ चैत २०७९ १२:३६
44
Shares

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई दिने लाभांश परिमार्जन गरेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि संस्थाको लाभांश परिवर्तन भएको हो ।

अव संस्थाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तर्न ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ। यस अघि संस्थाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।

अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *