सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ८१ करोड ६२ लाखमा सिमित

डिसी नेपाल
१५ चैत २०७९ १५:१५
64
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ०४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज ३ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये तीन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र कलिञ्चोक दर्शनको सेयर भाउ १० प्रतिशतले बढेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, खप्तर्ड लघुवित्त र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *