नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय, प्रकाश ज्वाला सरकारमा जाँदै

डिसी नेपाल
१५ चैत २०७९ १५:१६
596
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारमा प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एक मन्त्रीलाई सरकारमा सहभागी गराउन आग्रह गरेपछि पहिलो चरणमा ज्वालालाई सरकारमा पठाउन लागेको हो।

बुधबार दिउँसो बसेको सचवालय बैठकले पहिलो चरणमा ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएर सरकारमा जान लागेका हुन्।

नेकपा एसले भौतिक पूर्वाधार, कृषि र बन वा श्रम मन्त्रालय  पाउने बुझिएको छ। एसबाट ज्वालासहित बेदुराम भुसाल र भानुभक्त जोशी मन्त्री बन्ने लाइनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.