प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१६ चैत २०७९ १३:२१

काठमाडौँ। प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ। बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ।

बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ। बैंकका अनुसार तोकिएको अवधिभित्र सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित सेयर विक्री गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *