तनहुँ- १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार ?
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अर्थविद डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गर्न लागेको चर्चा ब्याप्त छ। उनले रास्वपामा प्रवेश गरेर तनहुँ १ मा उम्मेदवारी दिने चर्चा राजनीतिक बजारमा चुलिएको छ ।
उनको रास्वपा प्रवेशको चर्चासँगै नेपाली कांग्रेसले रोक्न आन्तरिक गृहकार्य समेत थालिसकेको छ । कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले रास्वपा प्रवेश गर्न नदिन उनीसँग छलफल थालेका छन् ।
कांग्रेसका महामन्त्री थापा निकट मानिने वाग्ले निर्वाचनमा कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेर काम गरिसकेका हुन् । गएको निर्वाचनमा कांग्रेसबाट चितवनबाट उम्मेदवारीको आकांक्षा ब्यक्त गरेका उनले चुनवामा टिकट पउन सकेनन् ।
सोही कारणले यसपाली तनहुँ–१ मा यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रास्वपामा प्रवेश गरेर उम्मेदवारी दिन लागेको बताइएको छ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले वाग्लेसँग पार्टी प्रवेश र तनहुँ १ मा उम्मेदवारी दिनेबारे छलफल भइरहेको बताउँछन् । उनले केही दिनमै परिणाम आउनेमा विश्वस्त रहेको डिसी नेपाललाई बताए ।
‘आन्तरिक छलफल भइरहेको छ तर अझै परिणाम आइसकेको छैन,’ उनले भने,‘ केही दिनमा उहाँको उम्मेदवारी बारे निक्र्योल हुने सम्भावना प्रबल छ ।’
प्रवक्ता ढकालले वाग्लेसँग नियमित छलफल भइरहेको जानकारी दिए । उनले एक दुई दिनमै वाग्ले रास्वपामा प्रवेश गर्ने बारेमा यकिन हुने जिकिर गरे ।







डिसी नेपाल








Facebook Comment