राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा सुनील थापा नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनील थापालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार थापालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
‘मलाई राष्ट्रपतिज्यूले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नु भएको छ,’ थापाले डिसी नेपालसँग भने, ‘मैले आजै नियुक्ती पत्र बुझेको हुँ।’
थापा यसअघि नेपाली कांग्रेसका सहमहामन्त्री थिए। गत निर्वाचनमा धनकुटाबाट एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित बनेका थापा भूमिकाविहीन थिए।
उनी पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।
यसअघि राष्ट्रपति पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसेलाई नियुक्त गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment