रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल

डिसी नेपाल
१६ चैत २०७९ २२:३९
4.8k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको सूची सार्वजिनक गरेको छ।

रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ। यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन्।

तनहुँ १ र बारा २ मा प्राइमरी इलेक्सनबाटै जानुपर्ने देखिएको छ। तनहुँ १ मा भर्खरै काँग्रेस परित्याग गरेर आएका डा. स्वर्णिम वाग्ले, डा. रुपक विक घिमिरे र ईश्वर लामिछाने आकांक्षी देखिएका छन्।

यस्तै बारा १ मा भने रमेश खरेल र युवराज न्यौपाने आकांक्षी छन्। चितवन २ मा भने पार्टी सभापति रवि लामिछाने उमेरद्वार पक्का भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.