एकको बदला तीन लिएर संसद् छिर्ने सपना छः रवि लामिछाने

डिसी नेपाल
१६ चैत २०७९ २२:५२
796
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले एकको बदला तीन लिएर संसद् छिर्ने आफ्नो सपना रहेको बताएका छन्।

बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरट्ठ आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्नेछ । एकको बदला तिन लिएर संसद् छिर्ने सपना छ ।’

नागरिकता मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलासँगै लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको थियो।

वैशाख १० गते उनले गुमाएको चितवन–२ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको सूची सार्वजिनक गरिसकेको छ।

रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ। यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन्।

तनहुँ १ र बारा २ मा प्राइमरी इलेक्सनबाटै जानुपर्ने देखिएको छ। तनहुँ १ मा भर्खरै काँग्रेस परित्याग गरेर आएका डा। स्वर्णिम वाग्ले, डा। रुपक विक घिमिरे र ईश्वर लामिछाने आकांक्षी देखिएका छन्।

यस्तै बारा १ मा भने रमेश खरेल र युवराज न्यौपाने आकांक्षी छन्। चितवन २ मा भने पार्टी सभापति रवि लामिछाने उमेरद्वार पक्का भएका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.