विष्णु पौडेलको भीम रावललाई चेतावनी- नसच्चिए पार्टीले उचित कदम चाल्ने

डिसी नेपाल
१७ चैत २०७९ ११:४०
468
Shares

धनगढी । नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेकै अकौ नेता भीम रावललाई चेतावनी दिएका छन्।

उनले शुक्रबार धनगढीमा आयोजित प्रेस चौतारीको पत्रकार सम्मेलनमा रावलले पार्टी हितविपरित गतिबिधि गरिरहेको भन्दै नसच्चिए पार्टीले उचित कदम चाल्ने चेतावनी दिएका हुन्।

उनले रावलले पार्टी विधान विपरित क्रियाकालाप गरिरहेको आरोप लगाए। पार्टीले दिएको जिम्मेवारी वहन नगरेर रावलले अराजकता बढाएको पौडेलले दाबी गरे।

‘एमालेको दशौं महाधिवेशनपछि उहाँका पार्टी हितविपरितका गतिबिधि देखिएका छन् अब उहाँ नसच्चिए पार्टीले उचित निर्णय लिन्छ,’ उनले भने, ‘पार्टीले दिएको जिम्मेवारीमा रहेर कुनै भूमिका निर्वाह समेत गर्नु भएको छैन।’

एमालेले रावललाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ । तर, रावलले उक्त जिम्मेवारी अस्वीकार गर्दै आएका छन्। एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल त्यस यता पार्टीको कुनै भूमिकामा छैनन्।

केही दिन अघि एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत रावलको गृहजिल्ला अछाम पुगेका पौडेलले रावलको आलोचना गर्दा कार्यक्रममा रावल समर्थक कार्यकर्ताले पौडेलविरुद्ध उत्रिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.