कांग्रेसबाट आज चार जना सरकारमा सहभागी हुँदै, शेखर समूहको तीन मन्त्रालय दाबी

डिसी नेपाल
१७ चैत २०७९ १४:२७
472
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट आज शुक्रबार चार जना सरकारमा सहभागी हुने भएका छन् । आठ मन्त्रालय पाएपनि पार्टीमा सहमति हुन नसक्दा कांग्रेसका आज चार जना मात्रै सरकारमा जान लागेका हुन्।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् । उनीसँगै अर्का नेता  प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सहभागी हुन लागेको बताइएको छ ।

शेखर कोइराला समूहले तीन मन्त्रालयको माग गरेपनि सभापति शेरबहादुर देउवाले दुई मन्त्रालयमा मात्रै दिने बताएको हुँदा आज देउवा पक्षका चार मन्त्रीले मात्रै शपथ लिन लागेको कांग्रेस स्रोतले बतायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.