भीम रावलसँग संवाद गर्न एमालेले गठन गर्‍यो तीन सदस्य वार्ता टोली

डिसी नेपाल
१८ चैत २०७९ १६:५४
708
Shares

काठमाडौं। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँन तीन सदस्य टोली गठन गरेको हो।

उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले संवाद गर्न समिति बनाइएको उनले जानकारी दिए।

बैठकले मिटरव्याजी पीडितको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रचलित कानून बिपरित मिटरव्याज उठाउनेलाई कानूनी कारवाही गर्न पनि बैठकले माग गरेको गुरुङले जानकारी दिए

त्यस्तै सचिवालय बैठकले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै बैठकमा चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ।

यस्तै अप्रिल २२ मा पार्टी स्थापनाको ७५ बर्ष पुग्न लागेको अवसरमा बर्षैभरि कार्यक्रम गर्नका लागि सचिवालय सदस्यहरुसंग आवश्यक सुझाव लिने र सुझावका आधारमा केन्द्रीय कार्यालयले बार्षिक कार्यक्रम तय गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.