भागबण्डा प्रवृत्ति तोड्न रास्वपा रोजेंः रमेश खरेल

डिसी नेपाल
१८ चैत २०७९ १७:३३
400
Shares

काठमाडौं। बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन्।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफुले पाएर आफु यस पार्टीमा आएको बताउदै खरेलले आफु चुनाव लड्न मात्र पार्टीमा नआएको बताए।

नेता खरेलले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गरे। उनले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताए।

उनले भने, ‘‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ। तर अब हामीसँग अलमलिने छुट छैन। हामी अलमलिनु हुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ। देशको समृद्धिका लागि हामीले अब जाग्नुपर्छ। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ। हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन।’’

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.