किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१९ चैत २०७९ १२:०७

काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। जसअनुसार कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत गरि कुल ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ।

यस्तै, कम्पनीका अनुसार सभामा अन्य वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अर्थात् गाभ्ने–गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।

साथै, सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ। जसअनुसार किसानले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागीसकेको र साथै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो।

यस संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्दैछ। तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आजै सेयर खरिद गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *