अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो

डिसी नेपाल
२२ चैत २०७९ ८:३०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ। यसअघि मंगलबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूलयमा भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६६ पैसाले बढेको हो। मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो।

बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ७७ पैसाले वृद्धि भएको हो। मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ २८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा कायम भएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ। यसअघि मंगलबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो।

उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने  बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *