सिंहदरबारको फोहर नउठाएको बिषयमा सरकारले काठमाडौं महानगरसँग छलफल गर्ने

डिसी नेपाल
२८ चैत २०७९ १८:०१
724
Shares

काठमाडौं। सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति बिपरित भएको ठहर गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास लगाएतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिप्रति छलफल गर्दै महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीति बिपरित भएको ठहर गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने बिषय महानगरको फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धीत भएकाले यस बिषयमा छलफल गर्ने बताइन्।

छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन्। फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ।

बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक बिषाधी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन्।

यो पनि…
बालेनको निर्णयः संघीय सरकारको हेपाइविरुद्ध स्थानीय सरकारको विद्रोह




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.