प्रधानमन्त्री प्रचण्डलाई भारतले दियो भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो पाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले सक्रियता बढाएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment