परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए दुर्दशा निम्तने विप्लवको चेतावनी

डिसी नेपाल
६ वैशाख २०८० १८:३३
376
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन्।

जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषय अन्तक्र्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थीरता देखिएको र यसको असर मुलुकको आर्थिक लगाएत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन्।

अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए। उनले पछिल्लो १५ बर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप लगाए।

मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कव्जा गर्ने खतरा रहेको उनको भनाइ छ। फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए।

उनले परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोहि नेता नबच्ने स्पष्ट पारे

उनले एकताबद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे। अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.