अब आउने चुनावमा जिल्ला, प्रदेश र देशमा कांग्रेसको सरकार बन्छ : विमलेन्द्र निधी

डिसी नेपाल
६ वैशाख २०८० २१:४१
68
Shares

काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले मधेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित शिक्षा प्रणालीमा सुधार विषयक बिचार गोष्ठी कार्यक्रममा उनले गठबन्धन पाँच वर्ष यथावत रहनुपर्ने पक्षमा आफु रहेको भन्दै पाँच वर्षपछि हुने निर्वाचनमा बिना कुनै गठबन्धन चुनाव लडेर मधेशमा सरकार बनाउने तयारीमा जुटिसकेको बताएका छन् । उनले पाँच वर्षपछि हुने निर्वाचनका लागि सैद्वान्तिक रुपमा तयारी समेत थालिसकेको बताए ।

कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, नेविसंघ धनुषा सभापती सुजित यादव सहितकाले शुभकामना मनतब्य राखेका थिए भने कार्यक्रममा कांग्रेस धनुषाका उपसभापती लक्ष्मीनारायण यादव, गणेश झा, सचिव कन्हैया कुमार कर्ण, नेताहरु देवेन्द्र भरखेल यादव सहितको उपस्थिती थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.