राप्रपा अध्यक्ष लिङ्देनले आज बारामा हुने चुनावी सभालाई सम्बोधन गर्ने
बारा। उपनिर्वाचन हुने बाराको क्षेत्र नं-२ मा आज राप्रपाले चुनावी सभा गर्ने भएको छ।
बारा क्षेत्र नं २ अन्तर्गतको महागढीमाई गञ्ज भवानीपुरमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो १.०० बजे सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। बारामा चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै जाँदा राप्रपाले पनि आफ्नो प्रचार अभियानलाई तिव्रता दिएको छ । राप्रपाले स्थानीय युवा पार्टीका नेता सोनालाल साहलाई उमेदवारको रुपमा खडा गरेको छ।
आजको सभालाई उपाध्यक्षद्वय बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, सह महामन्त्री मोहन यादव, प्रतिनिधिसभाकी सांसद मा.बिना जयसवाल, प्रदेशसभा सांसद कञ्चन बिच्छा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बारामा चुनावी कमान्डरको रुपमा खटाइएका सांसद एवं उपाध्यक्ष तामाङ केही दिनदेखि क्षेत्र नं २ का विभिन्न कार्यक्रम, घरदैलो, कोणसभामा सहभागी भइरहेका छन् भने अर्का सांसद एवं उपाध्यक्ष प्रधान बुधबार भएका विभिन्न कोणसभामा सहभागी भएका छन्। प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही पनि बारामै छन्।
राप्रपाले उपनिर्वाचन हुने तनहुँ-१, चितवन-२ र बारा-२ मा आफ्नै उमेदवार खडा गरेर निर्वाचन परिचालन गरिरहेको छ







डिसी नेपाल







Facebook Comment