बिहीबार रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु हुने

डिसी नेपाल
७ वैशाख २०८० ८:३७
36
Shares

काठमाडौं। आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ।

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.