बारा २ मा एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल

डिसी नेपाल
७ वैशाख २०८० १३:१५
468
Shares

बारा। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन्। चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन्।

१० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो।

नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा-२ का मतदाता उत्साहित देखिएको बताए। लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए।

अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो। नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताए।

नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरेका थिए। उनले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.