प्रधानमन्त्री र माओवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्न पाइने
काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारमा सहभागी माओवादीका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमा भेट गर्न सकिने भएको छ ।
प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले प्रत्येक दिन पालैपालो पार्टी कार्यालयमा भेटघाटका लागि कार्यकर्तालाई समय दिने व्यवस्था मिलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेट गर्न ईच्छुकले एक दिन अगावै केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने प्रावधान राखिएको सचिव उपाध्यायले बताए ।
उनका अनुसार प्रधानमन्त्रीसँग शुक्रबार,आइतबार उर्जा मन्त्री, सोमबार पर्यटनमन्त्री, मंगलबार सूचना तथा संचार मन्त्री, बुधबार सामान्य प्रशासनमन्त्री, बिहिबार गृहमन्त्री र शनिबार सल्लाहकारसँग भेट गर्न पाइने छ ।







डिसी नेपाल







Facebook Comment