नागरिकता सम्बन्धि समस्याको समाधान चाँडै हुने प्रधानमन्त्री दाहालको भनाइ

डिसी नेपाल
७ वैशाख २०८० १७:५७
52
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुने बताएका छन् ।

बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा सत्ता गठबन्धन दलहरुद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले नागरिकता समस्या मधेशको मात्र नभई समग्र देशको समस्या भएको बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए।

प्रधानमन्त्री दाहालले निजगढ विमानस्थल चाँडै शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.