रास्वपा लक्षित बाबुरामको अभिव्यक्ति– पपुलिजमबाट आएका चटकेहरुले केही गर्न सक्दैनन्

डिसी नेपाल
९ वैशाख २०८० १७:२१
620
Shares

काठमाडौैं । नेपाल जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी एजेण्डा र सिद्धान्त विनाको चटके भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमममा अध्यक्ष भट्टराईले अप्रत्यक्ष रुपमा रास्वपाका अध्यक्ष रवि लामिछाने म आएपछि सबै गर्दिन्छु भनेर उफ्रिने गरेको तर उनीसंग केहि सिद्धान्त नभएको टिप्पणी गरे ।

उनले भने, ‘जुन हावा दक्षिणतिरबाट बगेको छ । त्यो डरलाग्दो छ । झट्ट हेर्दा नदेखिन सकिन्छ। पपुलिजमका रुपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याको कुनै विश्लेषण छैन। म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरीबदेखि विदेशिएका जनता सबै बाध्य भएर ताली पिट्छन् । के त्यो जादुगर हो र ? यस्तो चटकेहरुले केही गर्न सक्दैनन् ।’

उनले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा नआए देश गम्भीर तवरले प्रतिगमनतर्फ जाने पनि बताए । बेलैमा अग्रगामी सोच राखेर कम्युनिष्ट सोंच भएकाहरु नयाँ ढङगले एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले भने,‘हामी बेलैमा अग्रगामी सोच राखेनौं भने ,वामपन्थी, समाजवादी सोच राख्ने, कम्युनिष्ट सोंच राख्नेहरु फेरि नयाँ ढङगले एक ठाउँमा आएनौ भने देश गम्भीर तवरले प्रतिगामीतर्फ जाने छ ।’

उनले संविधानका विरोधीहरु सत्तामा आएपछि जुन ढङगले कार्यान्वयन हुनुपथ्र्यो त्यसरी नभएको आरोप लगाए । कम्युनिष्टहरू कमजोर बनेमा प्रतिक्रयावादीहरु बलियो हुने भएकाले सबैलाई सक्रिय हुन उनले आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.