वामपन्थी विचारधारालाई एकतामा आउन ओलीको आह्वान
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी विचारधारालाई एकतामा आउन आह्वान गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि छरिएर रहेका वामपन्थी बिचारधारालाई एकतामा आउन आह्वान गरेका हुन्।
उनले यसअघि दुईतिहाई नजिक पुगेको कम्युनिष्ट शक्तिलाई केहिले सस्तो मूल्यमा बिकेर ध्वस्त बनाएको आरोप लगाए। ओलीले एमालेको उदेश्य मुलुकको समृद्धि र बिकास बाहेक अन्य केहि नभएकाले सवै वामपन्थी विचारधारालाई एकताबद्ध गरेर अघि बढ्ने जिकिर गरे।
कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्ने जमातहरुलाई पराजित गर्र्दै अघि बढ्नुपर्ने उनले बताए।
त्यस्तै ओलीले अहिलेको सत्तागठबन्धनले निर्वाचन आचारसंहितको धज्जी उडाएको टिप्पणी गरे। सरकारी हेलिकप्टर लिएर प्रलोभन बाँड्ने र बुथ कब्जा गर्ने तयारी समेत भएको ओलीले बताए।
उनले बिचार र सिद्धान्तका हिसाबले नेपाली कांग्रेस बूढो पार्टी भएको बताए। त्यस्तै माओवादी केन्द्रको पनि कुनै बिचार नै नरहेको भन्दै ओलीले फाल्गुन १ गते जनयुद्धको श्राद्ध नै गरेको टिप्पणी गरे।
अध्यक्ष ओलीले मिसन ग्रासरुटले पार्टीको वास्तविक अवस्था थाहा पाउने अवसर प्राप्त भएको भन्दै अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरि पार्टीलाई बलियो बनाउने दाबी गरे।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्यास गरेका मुकुन्द न्यौपाने, चुडामणि जंगलीसहितका नेता कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो भने कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने १४ जनालाई सम्मान गरिएको थियो।







डिसी नेपाल








Facebook Comment