फिल्म सिटामोलको गीत ‘झुम्का कानैमा’ रेकर्ड

डिसी नेपाल
१० वैशाख २०८० १५:२०
908
Shares

काठमाडौँ। निर्माणको तयारीमा रहेको फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ। गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर छ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ। ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन्।

बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए। फिल्मको कथा साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन्। निर्देशक सानेले फिल्मको बारेमा भने– ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ।

हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ।

फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ। फिल्ममा कविराज गहतराजको कोरियोग्राफी हुनेछ। फिल्मको छायाकंन केही दिनमै सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.