मतदानको लागि तोकिएको समय सकियो, लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने

डिसी नेपाल
१० वैशाख २०८० १७:२७
668
Shares

काठमाडौं। आज तीन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।

चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ। बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो।

बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण मावि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ।

बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भएको छ। केही मतदान केन्द्रहरुमा बिशेष कारणले समय थपिएको बाहेक मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे अन्तिम विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.