चितवन-२ मा मंसिरको भन्दा कम मत खस्यो

डिसी नेपाल
१० वैशाख २०८० १७:४८
42.4k
Shares

चितवन। चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ। यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ।

एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ७५ हजार हाराहारीमा मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४३ मतदानस्थल र १३८ वटा मतदान केन्द्रमा मतदान भएको थियो।

चितवन २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि आज उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

One thought on “चितवन-२ मा मंसिरको भन्दा कम मत खस्यो

  1. यो पाली रबिकै सोत जित हुन्छ र हुनु पर्छ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.