रवि लामिछानेको स्टाटस शेयर गरेको बारे आयोगले वाग्लेसँग सोध्यो २४ घण्टे स्पष्टीकरण

डिसी नेपाल
१० वैशाख २०८० २०:२१
4.6k
Shares

काठमाडौं। जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

तनहुँ–१ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएकाले उम्मेदवार वाग्लेलाई स्पष्टिकरण सोधेको हो।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.