जनमोर्चा अध्यक्ष केसीको निर्वाचन खर्च १८ लाख १४ हजार

डिसी नेपाल
११ वैशाख २०८० ९:२७
420
Shares

बाग्लुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन्। प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन्।

जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन्।

यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए।

केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.