उपनिर्वाचनको प्रारम्भिक परिणाम : सबैतिर बज्यो ! कतै घन्टी कतै हर्न, नयाँ दलको मात्र अग्रता

डिसी नेपाल
११ वैशाख २०८० १६:२४
3.7k
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि देशका ३ निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनमा सबै ठाउँमा नयाँ दलले अग्रता लिएका छन् । तनहुँ १ मा र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ मा जनमत पार्टीले अग्रता लिएको छ । यी दुवै पार्टी भर्खरै नयाँ बनेका पार्टी हुन् ।

रोचक त के भने यी दुवै पार्टीका चुनाब चिन्ह बज्ने चीज हुन् । रास्वपाको चुनाब चिन्ह घण्टी हो भने जनमत पार्टीको हर्न हो । र, सुरुवाती गणनामा सबैतिर यी बज्ने चुनाब चिन्ह नै अगाडि छन् । तनहुँ र चितवनमा घण्टी बजेको छ भने बारामा हर्न बजेको छ ।

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार वाग्लेले १५ हजार ९५८ मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत पाएका छन् ।

यस्तै चितवन २ मा रास्वपाका रबि लामिछानेले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।

बारा २ को पछिल्लो नतिजाअनुसार यहाँ जनमत पार्टीका शिवचन्द्र कुशवाहले ८९५ मत पाएका छन् । जसपाका उपेन्द्र यादवले ७८७ र एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३९ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.