तनहुँ-१ मा ४८ हजार २६२ मत गन्दा रास्वपालाई २५ हजार बढी मत

डिसी नेपाल
११ वैशाख २०८० २१:१८
4.6k
Shares

तनहुँ। तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणनाअनुसार ९ बजेसम्म ४८ हजार २६२ मतगणना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले २५ हजार १४१ मत प्राप्त गरेका छन्। उनको मतान्तर १० हजार ६७९ रहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार ४६२ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ७ हजार ९१ मत ल्याएका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.