बारामा मतान्तर बढाउँदै उपेन्द्र यादव
बारा। बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले ४ हजार २८८ मतसहित अग्रता कायम राखेका हुन्।
उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका छन्।
कुशवाहले ३ हजार ३९६, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ८९५ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६४१ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment