बारा-२ मा शिवचन्द्रलाई ४ हजार ४ सय मतले पछि पार्दै उपेन्द्र यादवको अग्रता
काठमाडौं । बारा २ उपनिर्वाचनको जारी मतगणनामा उपेन्द्र यादवले अग्रता कायम गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले ४ हजार ४ सय मतान्तरले अग्रता लिएका छन् । उनले १२ हजार ११९मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द कुशवाहले ७ हजार ६९३ मत पाएका छन् ।
यस्तै एमालेका पुरुषेत्तम पौडेलले ४हजार ३२८ र रास्वपाका रमेश खरेलले १ हजार ९४१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment