सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन्।
‘सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले बैठकमा भनिन्।
सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित् मन्त्रीबाट जवाफ आउने कानुनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको आरोप छ। उनले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेबारेमा पनि सरकारसँग जवाफ मागेकी छन्।
‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ। एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ। आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ। हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन्। प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्छ। तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण/बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय। सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ। सदनमा उठेका प्रश्नहरुलाई सदनको वेबसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले भनिन्।







डिसी नेपाल








Facebook Comment