संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जिज्ञासा

डिसी नेपाल
१२ वैशाख २०८० १७:२५
172
Shares

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा संसदमा जानकारी गराउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको भन्दै संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीले भारत भ्रमणका एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताएका हुन्।

भारत भ्रमण बिषयम सञ्चारमाध्यमबाट बिभिन्न कुराहरु आएरहेका बेला प्रधानमन्त्रीले संसदलाई नछलि जानकारी गराउनुपर्ने उनले बताए। उनले संसदमा प्रधानमन्त्रीको अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भएको जिकिर गरे।

पन्तले भारतसंग नेपालले भोग्नुपरेको समस्यामा बारेमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्न सक्नुपर्ने धारणा राखे।

बैठकमा कांग्रेस सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन्। उनले वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई उकास्नुपर्ने बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संसदलाई प्रभावकारी बनाउनका लागि समितिको गठन तत्काल हुनुपर्ने र आवश्यक संघीय कानून संसदमा पेश गर्नुपर्ने बताए। उनले कानून निर्माणमा सरकारको ध्यान जान नसकेको भन्दै निजामती, प्रहरीलगायत महत्वपूर्ण विधेयक तत्काल संसदमा ल्याउन माग गरे।

त्यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.