रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

डिसी नेपाल
१२ वैशाख २०८० १९:४४
188
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरि मंगलबार स्वदेश फर्किएका छन् ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस गएका अध्यक्ष तिमिल्सिना मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुस भ्रमण फलदायी भएको बताए ।

उनले भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्की लगाएतसंग महत्वपूर्ण छलफल भएको बताए । दुईदेशबीचको संसदबीचको सहकार्य लगायत नेपालको पूर्वाधार निर्माणका बिषयमा पनि भ्रमण महत्वपूर्ण भएको उनले बताए ।

रुसको सहयोगमा निर्माण भएको कान्तिबाल अस्पतालको स्तरोन्नती गर्न पनि रुस सकारात्मक देखिएको तिमिल्सिनाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.