रवि लामिछानेको अविराम यात्रा, चौतर्फी घेराबन्दी हुँदा पनि मतादेश उनकै पक्षमा

डिसी नेपाल
१४ वैशाख २०८० ११:३६
532
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चौतर्फी घेराबन्दीलाई परास्त गर्दै अविराम यात्रालाई निरन्तरता दिएका छन्।

सञ्चारकर्मबाट राजनीतिमा होमिएका उनले नेपालको राजनीतिक इतिहासमा स्थापनाको छोटो समयमै चौथो दलका हैसियतमा रास्वपालाई संसदमा सहभागी गराइसकेका छन्।

गत मंसिर ४ को निर्वाचनमा उल्लेख्य मतले परम्परागत पार्टीको विरासत तोड्दै चितवन २ मा निर्वाचित भएका उनी यसपालीको उपनिर्वाचनमा आफ्नै विगतको मतभारमा थप वृद्धि गर्न र थप एक सिट बढाएर सदनमा २१ सांसदको उपस्थिति गराउन सफल भएका छन्।

नागरिकता प्रकरणमा उनको कानूनी प्रक्रियागत  त्रुटिका कारण सर्वोच्च अदालतको फैसलाबाट उपप्रधानसहित गृहमन्त्री लगायत सबै पदमुक्त भएका उनी उपनिर्वाचनको उल्लासमय मतमार्फत संसदमा दोस्रो पटक उपस्थितिका लागि प्रवेश गर्दैछन्।

गत चुनावमार्फत संसदको यात्रा तय गर्दै गर्दा राजनीतिक यात्राको छोटो समयमै उपप्रधान सहित गुहमन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका थिए। तथापि नागरिकता प्रकरणमा सबै पद गुमाए पनि फेरि विजयी भएका छन्। उनको पक्षमा जनादेश यथावत रहेको चितवन २ को मतादेशले पुर्नपुष्टि गरेको छ।

उनको राजनीतिक यात्रामा अनेकौं विषम परिस्थिति आएपनि चितवन २ का जनताको मतादेश उनकै पक्षमा हुनुले लामिछानेको अविराम राजनीतिक यात्रा तय गरेको दर्शाउँछ।

चौतर्फी घेराबन्दीका बावजुद पार्टी स्थापना गरेको छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउनु कम चुनौतीको विषय होइन। उनको अपराजित राजनीतिक यात्राले ठूला दललाई अस्तित्व रक्षाको संकट थपिएको छ। ठूला तथा परम्परावादी दलहरुको वर्चस्वमा धावा बोलेका छन्।

गत निर्वाचनमा ४९ हजार ३०० मत ल्याएर भारी मतान्तरले विजयी भएका उनी पाँच महिनापछि भएको उपनिर्वाचनमा विगतको आफ्नै रेकर्ड तोडेर मतवृद्धि गर्दै ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिस्पर्धीको मतभार उनको तुलनामा निकै कम छ। स्थापित परम्परागतत ठूला पार्टीका उम्मेदवार एकातिर गठबन्धनका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र अर्कोतिर एमालेका रामप्रसाद न्यौपानलाई अत्यधिक मतले पराजित गर्दै आफ्नो लोकप्रियतालाई बचाउदै थप बढाएका छन्। यसले लामिछानेको लोकप्रियता थप चुलिएको दर्शाउँछ।

नेपालको चुनावी इतिहासमा सर्वाधिक मत ल्याएर जितको इतिहास कायम गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको कीर्तिमान समेत तोड्न सफल भएका छन्। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने सूचीमा रहेका भट्टराईलाई उपनिर्वाचनमार्फत रविले उक्त कीर्तिमानी कायम गर्न सफल भएका छन्।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार भट्टराईले ४० हजार मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारलाई पाराजित गरेका थिए। भट्टराईले ४६ हजार २७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले ६ हजार १४३ मत ल्याएका थिए।

यद्यपि हालसम्मको चुनावी परिणाममा सर्वाधिक मत प्राप्त गर्ने नेताको सूचीमा एमालेृका पार्वत गुरुङको नाम यथावत छन्। उनले २०७४को संसदीय निर्वाचनमा दोलखाबाट करिब ३० हजार भन्दा बढी मतान्तरले विजयी भएका थिए। उनले ५५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए।

यी नेताहरुको मत गठबन्धन र तत्कालीन राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुँदा प्राप्त गरेको मत हो। बाबुराम भट्टराई २०६४ मा गोरखाबाट निर्वाचित हुँदा मतदाता संख्या भन्दा खसेको मत बढी भएको भन्दै आलोचना भएको थियो। यस्तै दोलखाबाट निर्वाचित गुरुङ पनि एमाले र माओवादी गठबन्धनकोे संयुक्त मत हो।

तर, लामिछानेले प्राप्त गरेको मत चितवन २ का मतदाताले निर्वाध रुपमा स्वतन्त्रतापूर्वक  मतदान गरेरै आएको मत हो। अझै अनेकौं घेराबन्दी र गठबन्धनलाई परास्त गर्दै प्राप्त गरेको मत हो। तसर्थ रवि लामिछानेको मत मतदाताले स्वविवेक प्रयगो गर्दै उनीमाथि अपेक्षा र पुराना दल प्रतिको अविश्वासको मत हो।

गत निर्वाचनपछिका रास्वपाको राजनीतिक यात्रामा आएका अनेकौं आरोह अवरोह र राष्ट्रिय राजनीतिमा आएको बदलावको बावजुद लामिछानेको पक्षमा झनै मतभार वृद्धि हुनुले उनीप्रति चितवन बासीको अपेक्षा यथावत रहेको देखाउँछ ।

यसपटकको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तीन पूर्वप्रधानमन्त्री र बहादवाला प्रधानमन्त्रीसहित निर्वाचन क्षेत्रमा पुगेर  गठबन्धनका उम्मेदवारको पक्षमा खुलेरै लागे तर त्यसले कुनै परिणाम ल्याउन सकेन।

उनको विरुद्धमा नेपालका प्रतिष्ठित मिडिया लागेको स्वयम् लामिछानेले सार्वजनिक रुपमा बताउँदै आएका छन्। यी अनेकौं प्रतिकूलताकाबीचमा आफूलाई जनतामाझ परिक्षित गराउँदै थप उल्लेख्य मत आर्जन गर्न सफल भएका छन्।

तनहुँ १, चितवन २ र बारा २ मा सबै पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री समेत रास्वपाको विरुद्धमा सक्रियतापूर्वक लाग्दा समेत रास्वपाको मतभारमा कुनै कमी आएन। रास्वपाले बारा २ मा जित हासिल गर्न नसकेपनि दुई क्षेत्रमा अत्यधिक मतसहित निर्वाचित हुन सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.