विदेशको मोडलिङमा जमेकी नेपालकी चाँदनी

मुना ग्लान
१७ वैशाख २०८० ११:१७
5.1k
Shares

काठमाडौं। दशकौंदेखि मोडलिङमा जमेकी चाँदनी पाठक नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै जमेकी छिन्। मोडलिङलाई कहिले आफ्नो पूर्ण पेशा बनाउँदै अघि बढिछन् भने कहिले साइड जब।

यो दशकको यात्रामा नेपालमा बस्दा होस् या विदेशमा थुपै फोटोसुट दर्जनौं म्युजिक भिडियोमा आफ्नो अभिनयको रंग छाडेकी छिन्। उनी भन्छिन्, ‘मोडलिङ क्षेत्र बाहिरबाट हेरे जस्तो नराम्रो भने छैन।’ मिस नेपाल २००९को टप १५ भित्र पर्न सफल चाँदनी भन्छिन्, ‘यही प्याजेन्टबाट मेरो मोडलिङको यात्रा सुरु भएको हो।’

आफू यो क्षेत्रमा लागि परिरहनुको श्रेय परिवार, साथीभाइ, आफन्त र आफ्नो श्रीमान भएको बताउँछिन्। मोडलिङमा केही गर्छु भनेर भूगोलको प्रभाव नगरि उनी निरन्तर यस क्षेत्रमा लागिरहेकी छिन्।

मेहनतमा विश्वास गर्ने उनी दुवईलाई कर्मथलो बनाएर व्यापार सँगै आफूभित्रको प्रतिभालाई देखाउँदै उनी मोडलिङ, कोरियोग्राफ र विभिन्न कार्यक्रमहरुको होस्ट गरिरहेकी हुन्छिन्।

दुवाईमा उनले थुपै फोटोसुटहरु गराएकी छिन्। हाल उनी नेपालको बसाइमा छिन्

तस्वीर : अनिल पाेखरेल/ डिसी नेपाल

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *