प्रविण बेडवालको सशक्त गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

डिसी नेपाल
१७ वैशाख २०८० १४:२४
540
Shares

काठमाडौँ। पछिल्लो समय नेपाली सुगम संगीतमा दरिलो उपस्थिति जनाएका गायक प्रविण बेडवालले अर्को सशक्त गीत गाएका छन्। कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत र बेडवालको स्वरमा ‘मलाई भन्थे सबैले’ शिर्षकको गीत रिलिज भएको छ।

साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा पाइन्छ। आफ्ना कवितामा प्रेमिल शब्दहरु लेख्न रुचाउने सुवेदीले गीत मार्फत कसैसँग प्रेम हुनु नै भुल भएको बताएका छन्। इन्टरनेटमार्फत गीत रिलिज गर्दै गीतकार सुवेदीले आफ्ना शब्दहरुमा महेश खड्काको संगीत र प्रविण बेडवालको स्वरले प्राण भरेको बताए।

गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको हो। भिडियोमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन्। भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छन् भने मुकेश हुमागाईंको छायांकन र बिनोद बमको सम्पादन रहेको छ। महाराज थापाले एरेन्ज गरेका छन् भने रमेश सेन्चुरीले अडियो मिक्सिङ्ग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.