हिमपहिरोमा बेपत्ता भएकाको बिहानैदेखि खोजी सुरु

डिसी नेपाल
२० वैशाख २०८० ८:३१
564
Shares

कैलाली। हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ। हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो। दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन्।

यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरुमा डोटीको जोरायल-२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु-४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा-१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन्।

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास-१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टोलीले हिजोदेखि नै उद्धार सुरु गरेको थियो तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानवाट पुन खोजी सुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.