तारावीरको ‘पिरतीको हवाईजहाज’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
५ जेठ २०८० १०:५८
104
Shares

काठमाडौँ। तारावीर पाण्डेको पिरतीको हवाईजहाज बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गजल, गीतकार तथा कवि शीतल कादम्बिनीको माया प्रेमले भरिएको उत्कृष्ट शब्दमा साहस शाक्यद्वारा भरिएको मीठो संगीत तथा संगीत संयोजनलाई चन्द्र चौधरीले अहिलेका जल्दाबल्दा गायक संगीतकार तारावीर पाण्डेको आवाजमा ध्वनी सम्पादन गरेका हुन्। निर्देशक सिर्जन बराल ले कलाकार दिनेश कठायत र समिक्षा पोखरेललाई रोमान्चक ढंगले छमछमी नचाएका छन्।

२०५८ सालमा आधुनिक गीत र संगीतबाट नेपाली सांगीतिक दुनियामा हुमिएका तारावीर हालका ब्यस्त गायक संगीतकारमा पर्छन्।

पहिला पहिला सेन्टिमेन्टल गीतहरु गाउने तपाई आजकल फरक फरक धारका डान्सिङ गीतहरु मात्र निकाल्दै हुनुहुन्छ नि ? भन्ने प्रश्नमा तारावीर भन्छन्,’यो फिल्डमा टिक्न भर्सटायल बन्नुपर्ने रहेछ, त्यसमा पनि मेला महोत्सवमा प्रस्तुती दिईराख्दा दर्शकले मेरा काठे भाकैले, कान्छी i love you, घाम पानी, पिरतीको हवाइजहाज जस्ता गीतहरु रुचाउने भएकोले पनि नाच्ने खाल्का गीतहरुमा अलिक बढी समय दिएको हो।’ उनले थप्दै भने,’  आधुनिक गीत गाउँदै नगाउने होइन आधुनिक पनि गाइरहेको छु, संगीत पनि गरिरहेकै छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.